इंग्ल्यान्डविरुद्ध वेष्ट इन्डिजलाई अग्रता

242

काठमाडौं, १३ माघ

रोभम्यान पोवेलको शतकप्रेरित वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा २२५ रनको विजयी लक्ष्य पाएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै २०४ रनमा समेटियो ।

इंग्ल्यान्डका टम ब्यान्टनले सर्वाधिक ७३ रन बनाए । फिलिप साल्टले ५७ रन बनाउँदा अन्य खेलाडीले  उल्लेखनीय योगदान गर्न सकेनन् । वेष्ट इन्डिजका रोमारियो शेफर्डले सर्वाधिक तीन विकेट लिए । यस्तै कप्तान काइरन पोलार्डले दुई विकेट लिए ।

यसअघि भ्रमणकारी टोली इंग्ल्यान्डले टस जितेर घरेलु टोली वेष्ट इन्डिजलाई ब्याटिङ निम्तो दिएपछि निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२४ रनको विशाल योगफल तयार पार्‍याे । वेष्ट इन्डिजका रोभम्यान पोवेलले सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । यस्तै निकोलस पुरनले ७० रनको योगदान गरे ।

योसँगै पाँच टी-२० शृंखलामा घरेलु टोली वेष्ट इन्डिजले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिज नाै विकेटले विजयी हुँदा दोस्रो खेलमा भ्रमणकारी टोली इंग्ल्यान्ड एक रनले विजयी भएको थियो ।

Leave a Reply