विजयको निर्णायक गोलमा थ्री स्टार विजयी

517

काठमाडौं, १ माघ

वैकल्पिक खेलाडी विजय भुजेलले अन्तिम समयमा गरेको  निर्णायक गोलमा  थ्री स्टार क्लब विजयी हुँदै  सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ ।

शनिबार सम्पन्न दिनको दोस्रो खेलको ९० मिनेटको इन्जुरी समयमा विजयले गोल गर्दा संकटाको अपराजित यात्रा समेत टुंगियो ।

विजयले राफेल रिमको पासमा सदुपयोग गरे । जितसँगै थ्रीस्टारको ९ खेलबाट १६ अंक बनाउदै शीर्ष चारमा उक्लियो । संकटा भने १४ अंकसहित पाचौं स्थानमा झर्‍यो ।

यश अघि दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

त्रिपुरेश्वरस्थित दशरथ दोस्रो मिनेटमा थ्री स्टारका सन्जोक राईले पेनाल्टी एरियाको एजबाट गरेको प्रहार फ्रेममा परेन ।

चौथो मिनेटमा थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो । डिफेन्डर निशान खड्काले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार सिधै संकटाका गोलकिपर राजाबाबु थापाको हातमा परेको थियो ।

थ्री स्टारका घनेफोले छैठौं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा संकटाका कप्तान रवि सिलवाल बाधक बने । सातौं मिनेटमा संकटाका फरवार्ड फोडे फोफानाले पेनाल्टी एरियाबाट गरेको प्रहार स्टारका गोलकिपर प्रिसोले बचाए ।

त्यसको एक मिनेट नबित्दै लक्ष्मण रुचालले ६ यार्ड बक्स अगाडीबाट गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो । २२औं मिनेटमा राफाएल रिमले फ्रिकिममार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

३४औं मिनेटमा लक्ष्मण रुचालको पासमा ओलुवासोगो ग्लोरीले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफको इन्जुरी समयमा थ्री स्टारका निसान खड्काको क्रसमा सन्जोग राईले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार फ्रेममा परेन । आइतबार लिगमा दुई खेल हुनेछ ।

Previous articleसञ्चारकर्मी अधिकारीले ल्याए मायाले बोलेर गीतको म्युजिक भिडियो
Next articleमकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here