माछापुच्छ्रे बैंकका ग्राहकले MI, Xiaomi and Poco फोन 0 % EMI पाउने

88
saajhaonline

काठमाडौँ ३० पुस | माछापुच्छ्रे बैंक लि. का ग्राहकले MI, Xiaomi and Poco ब्रान्डको  मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु अब  0 % EMI मा  पाउने भएका छन् ।

ग्राहक हरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक र Vastal Impex Pvt. Ltd. बीच बैंकको Instapay सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता  हताक्षर गरिएको हो । उक्त सम्झौतापत्रमा Vastal Impex Pvt. Ltd.को तर्फबाट डाईरेक्टर श्री नितेश कुमार मुन्द्र  तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क श्री विनय रेग्मीले  हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता पछि बैंकका ग्राहकहरुले देखि महिनासम्मका लागि 0 % EMI मा  Instapay मार्फत रु पन्ध्र हजार देखि MI, Xiaomi and Poco ब्रान्डको  मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट  कार्ड तथा Instapay बाट पाउन सक्नेछन् । हाललाई यो सुविधा Vastal Impex Pvt. Ltd. को काठमाण्डौ स्थित शोरुम  मार्फत प्रदान गरिनेछ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

Leave a Reply