यमनलाई ४ अर्ब डलर सहयोग आवश्यकः राष्ट्रसंघ

49

एजेन्सी
साना, २९ पुस

युद्धग्रस्त यमनका लागि यस वर्ष ३ अर्ब ९० करोड डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । गृहयुद्धमा फँसेको यमनमा लाखां मानिस भोकमरीको चपेटामा परेको राष्ट्रसंघको मानवीय सहायताका अधिकारीहरुले बताउँदै आएका छन् । राष्ट्रसंघको मानवीय सहायता मामिलासम्बन्धी सहायक महासचिव तथा आपतकालीन उद्दार उपसंयोजक रमेश राजासिंघामले यमनका १ करोड ६० लाख मानिसहरुलाई भोकमरीबाट जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए ।

यमनमा विगत सात वर्षदेखि गृहयुद्ध चलिरहेको छ । गृहयुद्धका कारण लाखौ मानिस छिमेकी मुलुकहरुमा विस्थापित भएका छन् । पछिल्लो समयमा यमनमा अन्तराष्ट्रिय समुदायले प्रदान गर्दै आएको सहयोग घटेको छ ।

यही डिसेम्बरमा राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले यमनलाई दिँदै आएको सहयोग कटौती गरेको घोषणा गरेको थियो । सहयोग कटौतीसँगै यमनमा थप भोकमरी बढ्ने सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । भोकमरी र खडेरीका कारण यमनमा हरेक वर्ष हजारौं मानिसको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन् ।

Leave a Reply