प्रधानमन्त्री देउवा ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमे धरान

622

काठमाडौं, २० पुस

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उदघाटन गरेका छन् ।

काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका-६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए।

त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमेका थिए ।

Previous articleकांग्रेस महोत्तरीको चेतावनी : जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने
Next articleफास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन संसदीय समितिको माग

Leave a Reply