आइपुगे पुबुदु दसानायके

499

काठमाडौं, १३ पुस

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगेका छन् । तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा घोषणा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्ने गरी मंगलबार नेपाल आइपुगेका हुन् ।

क्यानको १५ मंसिरकाे बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो ।

यसअघि नेपालले पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

Previous articleहरेक पटककाे राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा
Next articleनेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here