लमजुङमा २९ औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सुरु

555

लमजुङ, १२ पुस

लमजुङको सदरमुकाम बेंसीसहरको सहजी खेल मैदानमा त्रिवेणी कपको २९ औं संस्करण सुरु भएको छ । प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मछिरीङ शेर्पाले उद्घाटन गरेका हुन् । प्रतियोगीताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैं शेर्पाले सरकारले खेल क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताए । जिल्लामा फुटवल खेलको विकास र प्रवर्धन गरी व्यवसायीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगीता सञ्चालन गरिएको क्लवका अध्यक्ष विनोद गुरुङले बताए ।

लमजुङमा आयोजित राष्ट्रव्यापी फुटवल प्रतियोगितामा देशभरका १८ क्लबले भाग लिएका छन् । २९ औँ त्रिवेणी कप २०७८ मा त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद ५ लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने क्लवका उपाध्यक्ष एवं खेल संयोजक इन्द्र रानाले बताए । यस्तै, दोस्रो हुने समूहलाई रजतपदकसहित नगद ३ लाख प्रदान गरीनेछ । सेमीफाइनल उपबिजेता दुई समूहलाई नगद ५०/५० हजार प्रदान गरिनेछ । यस्तै सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५/१५ हजार, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा काठमाडौं, पोखरा, चितवन, तनहुँ लगायत जिल्लाबाट फुटवल टीम सहभागि भएका छन् । प्रतियोगीताको पहिलो दिन सोमबार आयोजक त्रिवेणी युवा क्लव र नेपाली सेना श्रीजङ गणबीच भएको मैत्रपिुर्ण फुटबल प्रतियोगीतमा ० का विरुद्ध ४ गोल गरी आयोजक त्रिवेणी युवा क्लव विजयी भएको छ । त्रिवेणी रंगशालालाई चिटिक्क पारिएसँगै १ हजार २ सय जना दर्शकले प्याराफिटमा बसेर खेल हेर्न पाउने व्यवस्था मिलाइएको छ ।

Previous articleहिमपात भएपछि चिसोले कोठा बाहिर परीक्षा दिँदै हुम्लाका विद्यार्थी
Next articleआज गणेश र हुनमानको पूजा गर्ने दिन, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

Leave a Reply