नेतृत्व चयनको विषयमा कुरा नमिल्दा अनेरास्ववियू आरआरका विद्यार्थीबीच कुटाकुट

647

काठमाडौं, ८ पुस

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार विहान कुटाकुट भएको हो ।

कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरुबीच भनाभन पश्चात झडप भएको थियो । झडपमा परेर केही विद्यार्थी सामान्य घाइते छन् । झडपको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

झडपपछि विस्तारित बैठक स्थगित भएको छ ।

Previous articleकांग्रेस चितवनका सभापति केन्द्रीय सदस्यमा पराजित, पूर्वसभापति र राज्यमन्त्री विजयी
Next articleदेश अभिभावक विहीन भयो : लिङ्देन

Leave a Reply