‘आरआरआर’का कारण तीन फिल्मको रिलिज स्थगित

463

काठमाडाैं, ७ पुस | फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ सन् २०२२ को प्रतिक्षित फिल्म हो । यो फिल्म आगामी वर्षको जनवरी ७ मा तेलुगुसँगै हिन्दी भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई प्रदर्शनको लागि सजिलो बनाउन दक्षिण भारतीय निर्माताले ठूलाे बजेटको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरेका छन् । बक्सअफिसमा फिल्मको भीडभाड कम गर्नका लागि निर्माताले यो कदम चालेका हुन् ।

दक्षिण भारतीय फिल्म उद्योगमा ‘पोंगल त्योहार’को आसपास फिल्म रिलिज गर्ने चलन छ । यही समयमा तीन तेलुगु फिल्म रिलिजको लागि तयारी अवस्थामा थिए । जसमा महेश बाबुको ‘सरकारु वारी पाटा’, दिल राजुको ‘एफ ३’ र चीनाबाबू र पवन कल्याणको ‘भीमला नायक’ थिए । यी तीन फिल्मले तत्कालका लागि रिलिज मिति सारेका छन् ।

निर्देशक राजामौलीले तीन फिल्मको रिलिज मिति सारेर सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् । ‘पोंगलको अवसरमा फिल्मको भीड कम गर्ने कामको सुरुवात महेश बाबुले गरेका छन् । सरकारी वारी पाटा पोंगलका लागि महत्वपूर्ण फिल्म भए पनि यो फिल्मलाई गर्मी मौसममा लगिएको छ र एक स्वस्थ वातावरण निर्माण गरिएको छ ।

मेरो हिरो र मैत्री मूभी मेकर्सको सम्पूर्ण टिमलाई धन्यवाद । दिल राजु गरु र एफ ३ फिल्मको टिमलाई पनि धन्यवाद । चीना बाबु गरु र पवन कल्याण गरुको भीमल नायाको रिलिज सार्ने निर्णय स्वागतयोग्य हो । टिमलाई शुभकामना’, सामाजिक सञ्जालमा निर्देशक राजामौलीले लेखेका छन् ।

राजामौली हालका दिनमा ‘आरआरआर’को प्रमोसनमा व्यस्त छन् । फिल्ममा राम चरन र एनटीआर जुनियर प्रमुख भूमिकामा छन् । यीबाहेक अजय देवगन र आलिया भट्टको पनि अभिनय छ । फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ प्रदर्शनको करिब चार वर्षपछि राजामौलीको फिल्म आउन लागेको हो ।

Previous articleयी राशिका मानिस आज घरकाे काममा ध्यान दिनु उत्तम : थाहा पाउनुस् तपाईँकाे राशिफल
Next articleकोभिडको अर्को आँधी सामनाका लागि तयार हुन युरोपलाई डब्लूएचओको चेतावनी

Leave a Reply