सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

506

सिरहा, ४ पुस | सिरहाको गोलबजार नगरपालिका–६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने एक जना भाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार– ६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरीसीटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुई समूहबीच झडप भएको र घटनाबारे थप अनुशन्धान भइरहेको जनाएको छ । प्रहरीले घटनामा संलग्नहरूको खोजी गरी रहेको पनि जनाएको छ ।

Previous articleनेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन
Next articleलाइन्स क्लब अफ काठमाडौँ कालिका द्वारा रक्तदान कार्यक्रम सम्पन्ना |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here