धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे तयारी अन्तिम चरणमा

136

धनगढी, २ पुस | प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता धनगढीमा सञ्चालन हुने भएको छ । ३ पुसदेखि धनगढी–३ मा रहेको फाप्ला क्रिकेट मैदानमा राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिने क्यान सुदूरपश्चिम प्रदेशले जानकारी दिएको छ । प्रतियोगिता सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि रेग्मीले बताए ।

अध्यक्ष रेग्मीका अनुसार प्रतियोगिता सञ्चालनका लागि मूल आयोजक समिति तथा उपसमिति गठन गरिएका छन् । प्रतियोगितमा सात वटै प्रदेशबाट एक एक टोली र विभागीय एपीएफको टोली गरी आठ टिमको सहभागिता रहने अध्यक्ष रेग्मीले बताए ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले दुई हजार, प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले दुई हजार पाँच सय, तथा उत्कृष्ट बलर र ब्याट्सम्यान्ले १५/१५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply