बुटवल पावरको २० प्रतिशत लाभांश घोषणा

67

काठमाडौं, २९ मंसिर

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको २८  मंसिरमा सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply