ठुला पार्टीहरु महाधिवेशनमा ब्यस्ता रहदाँ जसपाका कार्यकर्ताहरु भने बिग्रेकाे सडक मर्मत गर्न ब्यस्ता |

440

काठमाडौं, २८ मंसिर | ठुला पार्टीहरु महाधिवेशनमा ब्यस्ता रहदाँ जसपाका कार्यकर्ताहरु भने बिग्रेकाे सडक मर्मत गर्न ब्यस्ता रहेको छ | पहिचानसहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी राजनीतिक एजेण्डा बोकेको जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले प्रदेश नं १ को खोटाङ स्थित ऐँसेलुखर्क गाउँपालिका वडा नं ५ रिब्दुङ महेश्वरीमा सडक मर्मत गरेका छन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडकमा सोलिङ गरिएको भए पनि उक्त सडक भत्किएर खराब हुँदा पनि सम्बन्धित निकायले नहेरेपछि जसपाको ऐसेलुखर्क गाउँपालिका वडा नं ५ समितिमा पदाधिकारी तथा कार्यकर्ताहरुले स्वस्फूर्त रुपमा सडक मर्मत बताए ।

वडा समितिका अध्यक्ष दिनेश राईले भत्किएको बाटो बनाउन गाउँपालिका र सम्बन्धित निकाय कसैले पनि ध्यान नदिएकाले आफूहरुले मर्मत गरेको जानकारी दिए ।

Previous articleदेउवाकाे विजयीले लाेकतन्त्र र पार्टीलाई अझ सक्षम र सुदृढ बनाउनु हुन्छ : गृह मन्त्री खाँण
Next articleडब्लूएचओ भन्छ– ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक हुन सक्छ

Leave a Reply