लिङ्देन टिमबाट एकजना मात्रै पदाधिकारी निर्वाचित

463

काठमाडौं, १९ मंसिर | राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् ।

आइतबार विहान सम्पन्न मतगणनामा दुई सय मतले पछि पार्दै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देन अध्यक्ष निर्वाचित भए पनि उनको प्यानल भने पराजित भयो । महामन्त्रीमा धवलशम्शेर राणामात्रै लिङदेन प्यानलबाट निर्वाचित भए । धवल लिङ्देनको टिमका एकमात्र निर्वाचित पदाधिकारी बने ।

उपाध्यक्षमा कमल थापाको प्यानलै आएको छ । विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् ।

महामन्त्रीमा पनि महिलातर्फ चर्चित अभिनेत्री रेखा पराजित भइन् । कमल थापा प्यानलकै कुन्ती शाही निर्वाचित भइन् । त्यसैगरी महामन्त्री निर्वाचित भुवन पाठक पनि थापा प्यानलकै हुन् ।

Previous articleराप्रपा पदाधिकारीमा कमल थापाको वर्चश्व
Next articleचेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थान

Leave a Reply