सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

210

काठमाडौं, १७ मंसिर | विदेशी खेलाडी अजयी मार्टिन्सको ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४-१ अन्तरको सानदार जित निकालेको हो ।

सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे । एपीएफका लागि बिक्की तामाङले सान्त्वना गोल गरे ।

सातदोवाटोका लागि ४२औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्जले सातदोबाटोको अग्रता दोब्बर बनाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा २–० को नतिजामा पछाडि परेको एपीएफका लागि ४९औं मिनेटमा विक्की तामाङले पहिलो गोल गरे । त्यसको एक मिनेट नबित्दै सुशील राईले सातदोबाटोका लागि तेस्रो गोल गरे ।

खेलको ५८ मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरे । जारी शीर्ष डिभिजन लिगमा यो पहिलो ह्याट्रिक हो । उनी नै खेलको म्यान अफ दि म्याच भए ।

जितसँगै सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा छ । यता लगातार तेस्रो हारसँगै एपीएफ पुछार अर्थात् रेलिगेसन जोनमा छ । शनिबार लिगमा दुई खेल हुनेछन् ।

Leave a Reply