‘द बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड पाउने नेपालको पहिलो बैंक बन्यो एनएमबि |

71

काठमाडौं, १६ मंसिर – एनएमबि बैंकले ‘बैंक अफ दि इयर एसिया २०२१’ र बैंक अफ दि इयर २०२१’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन ‘दि बैंकर’को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बै‌ंकलाई छनोट गरेको हो ।
द बैंकर म्याग्जिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको दिनमै एभरेष्ट होटलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले समस्त बैंकिङ्ग क्षेत्रको तर्फबाट याे अवार्ड लिनुभएको हो । एनएमबि बैंक ‘द बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड पाउने नेपालको पहिलो बैंक बनेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो। ‘द बैंक अफ द इयर २०२१’ अवार्ड भने एनएमबिको पाँच वर्षमा चौथो अवार्ड हो ।

सन् २००० मा स्थापित “बैंक अफ द इयर अवार्ड” प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

Leave a Reply