कांग्रेस ललितपुर ३ सभापतिमा थापा विजयी

320

ललितपुर, ७ मंसिर

नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी भएका छन् । दुई सय १० मत ल्याएर उनी विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार विश्वराज तुलाधरले एक सय ८५ मत पाएको मतदान अधिकृत सुरेश घिमिरेले बताए ।

थापासँगै कार्यसमिति सचिवमा उत्तमकु थापा दुई सय सात र जगतबहादुर महर्जन एक सय ९२ मत ल्याएर विजयी भए । सहसचिव सुन्दरकृष्ण महर्जन दुई सय १६ र राजु बस्नेत एक सय ९४ मतसहित विजयी भएकाे घिमिरेले बताए ।

Previous articleमहिला राष्ट्रिय फुटबल टोलीका ६ सहित ४० खेलाडी यू-१९ प्रशिक्षणमा
Next articleवीरेन्द्रनगरमा पानीको हाहाकार, भेरी पम्पिङ खानेपानी आयोजना अघि बढ्ने प्रक्रियामा ढिलाइ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here