शान्ति सम्झौताको १५ वर्ष : घाइते किशोर शाही भन्छन्– म जस्तालाई हेरेर माओवादीले केही गर्नु पर्थ्यो

80

सुर्खेत, ५ कात्तिक |कालीकोटको खाडाँचक्र नगरपालिका–६ दाहाँ २०३५ सालमा जन्मिएका किशोर शाही नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक हुन् । नेपाल प्रहरीमा २०५८ सालमा सहायक प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवा प्रवेश गरेका किशोरको १४ माघ २०६१ मा गस्तीमा रहेका बेला तत्कालीन माओवादी सेनासँग कैलालीको मुसुरियामा दोहोरो भिडन्त भयो ।

गस्तीमा रहेको किशोरको माओवादीसँग दोहोरो भिडन्तका क्रममा ढाडमा गोली लाग्यो । ‘स्पाइनल कर्ड इन्जुरी’ भयो । उनको शरीरको तल्लो भाग चल्दैन । १६ वर्षयता ह्विलचेयरको सहारामा यताउती गर्छन् ।

कर्णालीका एक लाख ६० हजार अपाङ्गताका रहेका छन् । तत्कालीन विद्रोही पटक पटक गर्दै अहिले पनि सरकारमा छ । सरकारमा पुगेको माओवादीले अपाङ्गता भएका व्यक्तिकाबारेमा के काम ग¥यो भन्दै उनी प्रश्न गर्छन् ।

‘हिजो माओवादी विद्रोही थियो । अहिले ऊ सत्तामा छ । अपङ्गताका पक्षमा के काम गरेको छ । केही थाहा नै छैन्’, उनले भने, ‘म त सरकारको तबव खाएर जीवन धानिरहेको छु । माओवादी युद्धमा लागेर घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको झन् बेहाल अवस्था छ । तिनीहरूलाई सम्झेर पनि माओवादीले केही न केही गर्नुपथ्र्यो ।’

त्यो बेला माओवादी जनयुद्धमा गाउँगाउँका युवाहरू लागेको उनीहरूलाई विभिन्न सपना देखाइएको जनयुद्धका नेतृत्वकर्ताले अहिले आफूले मात्र फाइदा लिएको युद्धमा लागेको योद्धा, घाइते अपाङ्गता भएका व्यक्तिको अवस्था नाजुक रहेको किशोर बताउँछन् ।

‘माओवादी युद्धका लागेको नेताहरूले राम्रो फाइदा लिए । घाइते अपाङ्गता भएका व्यक्तिलाई केही गरेनन्’, उनले भने, ‘अहिले उहाँहरू सरकारमा रहेका बेला त घाइते तथा अपाङ्गताका भएका व्यक्तिहरूलाई रोजगारमूलक क्षेत्रमा सीप सिकाउन लागि तालिम दिन त सकिन्थ्यो ।’

कम्युनिष्टहरूको सरकार स्थानीय तहदेखि केन्द्रसम्म हुँदा पनि अपाङ्गता भएका व्यक्तिलाई केही काम गर्न पनि नसकेको किशोरको गुनासो छ । ‘मैले कर्णालीका मुख्यमन्त्रीलाई भेटेर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाउन पहल गर्नुपर्‍यो भनेँ’, उनले भने, ‘तर, सरकारले हालसम्म पनि केही गर्न सकेको छैन ।’

अपाङ्ता भएका नागरिकलाई सीप सिकाउने योजना

किशोर आफु ह्विलचियरमा हिँडे पनि आफू जस्तै अपाङ्गता भएकालाई रोजगारमूलक क्षेत्रमा सीप सिकाउने अभियानमा रहेको बताए । सुर्खेतको वीरेन्द्रनगर–४ तातोपानीमा बस्दै आएका शाहीले केही समय १५ जना अपाङ्गता भएकालाई साढे १३ महिनासम्म सिलाइकटाइसम्बन्धी तालिम सञ्चालन गरेर अहिले सबै जनाले आफैँ काम गरेर खान सक्ने भएको बताए ।

‘अहिले सबै जना रोजगारीको क्षेत्रमा लागेका छन्’, उनले भने, ‘केहीलाई अटो चलाउने तालिम दिएका थियौं । उनीहरूले पनि काम गरिरहेका छन् ।’
अपाङ्गता भएकालाई खेल क्षेत्रमा पनि लगाउन सकिने ह्विलचेयर बास्केट बल, क्रिकेट, स्वीमिङ धरान, पोखरा, चितवन, जुम्ला, कालिकोट, मुगुमा ह्विलचेयर बास्केट बल प्रतिस्पर्धासमेत गराको उनले बताए ।

कृषि क्षेत्रबाट पनि अपाङ्गता भएकालाई रोजगारी उपलब्ध गराउन सकिने उनले बताए । ‘४० जना अपाङ्गताको समूह दर्ता गरेर वीरेन्द्रनगरको कोलडाडामा कृषि समूह दर्ता गरेका छौं’, उनले भने, ‘त्यहाँबाट पनि केहीलाई रोजगारी उपलब्ध गराउने योजना छ ।’

गृहजिल्ला कालीकोटमा अपाङ्गता भएका नागरिकलाई केही गर्ने सोच रहेको किशोरले बताए । ‘म आफ्नो गृहजिल्ला कालीकोट गएर त्यहाँका अपाङ्गता भएका व्यक्तिहरूलाई केही गर्ने सोचेको छु’, उनले भने, ‘कालीकोट विकट छ । सुर्खेतमा मजस्ता अपाङ्गता भएकाले ह्विलचियरलगायतका अन्य साधनमा हिँड्न सक्छन् । कालीकोटमा घरमा नै बस्नुपर्ने बाध्यता छ । उनीहरूको आत्मविश्वासलाई अझ मजबुत बनाएर सीपमूलक तालिम सिकाउने योजना रहेको छ ।’

आइतबार शान्ति सम्झौता भएको १५ वर्ष पुगिसकेको छ । तर, घाइतेका पीडा र द्वन्द्व प्रभावितहरूलाई राज्यले उचित न्याय दिन नसकेको गुनासो आइरहेको छ । अझै बेपत्ताको अवस्था अज्ञात नै छ । युद्धका पीडितहरूलाई न्याय दिन राज्यले सकेको छैन । राजनीतिक दाउपेचमा पर्दा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन ।

Leave a Reply