इजरायलकाे रोजगारीमा जानेलाई स्वास्थ्य परीक्षण र प्रहरी चारित्रिक प्रमाण पेस गर्न आग्रह

66

काठमाण्डौ २९ कार्तिक | इजरायलको रोजगारीमा जानको लागि छनौट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको लागि परीक्षा दिएर गोलाप्रथा द्वारा अन्तिम पटक छनौट भएका उम्मेद्वारहरु लाई प्रमाणपत्र पेश गर्न आग्रह गर्दै सूचना प्रकाशन गरेको छ ।

स्वास्थ्य परीक्षण प्रमाणको लागि ललितपुरका स्टार र नेपाल मेडिसिटी हस्पिटल र काठमाण्डौका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मंसिर ५ गतेभित्र गरि सक्नु पर्नेछ ।

प्रहरी चारित्रिक प्रमाणपत्रको लागि https://oper.nepalpolice.gov.np मार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको छ भने आवेदन पछि प्राप्त प्रमाण वैदेशिक रोजगार विभागको इमेल israelsec@dofe.gov.np मा मंसिर पाँच गते भित्र पठाइ सक्नु पर्ने सूचना जारी गरेको छ ।

Leave a Reply