श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न |

1393

काठमाडौँ |२७ कार्तिक | श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को सातौं वार्षिक साधारण सभा अध्यक्ष श्री कृष्ण धितालको अध्यक्ष्यता सम्पन्न भएको छ | काठमाडौँ को नयाँ बानेश्वर स्थित काठमाडौं बैंक्वेट मा एक कार्यक्रमका बीच संस्थाको वार्षिक आय ब्याय बिवरण सार्बजनिक गर्दै सम्पन्न भएको हो | सभामा अध्यक्ष श्री कृष्ण धितालले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष बिजय कुमार सिग्देलले कोषाध्यक्षको प्रतिबेदन पेश गर्नु भएको थियो | साथै लेखा समिती संयोजक श्री मुरारी प्रसाद तिवारीले लेखा समितीको प्रतिबेदन पेश गर्नु भएको थियो |


सभामा आर्थिक बर्ष २०७७/७८ को वार्षिक आय ब्याय बिवरण अध्यक्षको वार्षिक प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन लेखासमितीको प्रतिबेदन लगायत, २०७८/७९को अनुमानित प्रदिबेदन पेश गरी सम्पूर्ण प्रतिबेदनहरु पारीत गरियो |

कार्यक्रममा प्रमुख अथिति संस्थाका जेष्ठ सदस्य श्री गोपाल अर्याल ले दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो | सभामा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष श्री सयुज रन्जितले गर्नु भएको थियो | सभामा आफ्नो मन्तब्य राख्दै प्रमुख अथिति श्री गोपाल अर्याल ज्यु ले सस्थाको उत्तर – उत्तर प्रगतिको कामना गर्नु भयो | साथै अतिथीहरुमा पूर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्री रबिन्द्र राई , नेपाली सेनाका पुर्व प्रा. प्रमुख सेनानी श्री अर्जुन श्रेष्ठ, स्थानिय श्री रबिन्द्र श्रेष्ठ ज्युले संस्थाको उच्च प्रगतिको शुभ कामना दिनु भयो |

कार्यक्रम संयोजन श्री लक्ष्मण अर्यालले गर्नु भएको थियो भने कार्यक्रम संचालक अजय श्रेष्ठले सहकारीको प्रगती र साधारणसभा कार्यक्रम सफल पार्न सहयोग गर्ने शेयरधनी सदस्यहरु, कर्मचारी लगायत सहयोगी सबैलाई धन्यवाद दिनुभयो |



Previous articleकांग्रेस खोटाङको सभापतिमा भुपेन्द्र राईको उम्मेद्वारी
Next articleअधिकार समूहहरूले बेलारुस सीमामा पोल्याण्डको मिडियामा प्रतिबन्धको निन्दा गरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here