गाेपालपुरमा जारी पाचौं सरस्वती खुल्ला नकआउट  फुटबल प्रतियोगिता सम्पन्न

53

धनकुटा| धनकुटाकाे शहिदभुमि गाउपालिका वडा नं १ गाेपालपुरमा जारी पाचौं सरस्वती खुल्ला नकआउट  फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सरस्वती युवा क्लबकाे अायाेजनामा सञ्चालित पाचौं सरस्वती खुल्ला नकअाउट फुटबल प्रतियोगिताकाे उपाधि अायाेजक सरस्वती युवा क्लबले जितेका छन् । फाईनल खेल आयोजक  सरस्वती युवा क्लव र सिद्वबावा युवा क्लब साप्तिटार बिच भएको खेलमा ०-२ गाेल अन्तरले आयोजक  सरस्वती युवा क्लब विजयी भएको हो  ।

प्रथम हुने सरस्वती युवा क्लबले  नगद ५० हजार ट्रफी मेडल र  प्रमाणपत्र पाएको छ भने   खेलमा दाेस्राे हुन सफल टिम सिद्वबावा युवा क्लब साप्तिङटारले  नगद 25 हजार ट्रफी मेडल तथा प्रमाणपत्र पुरस्कार पाएका छन् ।

खेल समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद निरन राई , विशेष अतिथि गाउँपालिका अध्यक्ष मनाेज राई , वडा अध्यक्ष बम बहादुर राई लगायतले खेलाडीहरू लाई शुभकामना दिनुका साथै  पुरस्कार प्रदान गरेकाे क्लबका अध्यक्ष अजय राईले जानकारी दिनुभयो । उत्त खेल समापन कार्यक्रममा जनप्रतिनिधिहरू खेलाडी लगायत स्थानीय बासिकाे उपस्थित थियोे।

Leave a Reply