१९ करोड ऋण लेनदेनमा गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा |

461

काठमाडौँ | गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर बैंकबाट १९ करोड ऋण लेनदेन गरेको पुस्टि भएको छ । अमात्यको नाममा बारामा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैंकबाट १९ करोड ऋण लिएको जानकारी भए पछी केन्द्रीय अनुसन्धान ब्युरोले त्यसबारे अनुसन्धान सुरु गरेको छ |

नक्कली पुर्जा बनाएर ऋण लेनदेन गर्ने ५ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए । पक्राउ पर्नेमा बिचौलिया कुसन प्रधान, जग्गाको धनी बनेका एसके महर्जन, मुक्तिलाल गौतम, कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर र मूल्याङ्कनकर्ता राजेश चौरसिया छन् । कुसन सहित ४ जनालाई ब्युरोले कात्तिक ११ मा र राजेश चौरसियालाई कात्तिक २१ मा पक्राउ बताए ।

अहिले अमात्यको जग्गा फुकुवा भैसकेको ब्युरोका डिआइजी धिरज प्रताप सिंहले बताए । कुसन सहितको समूहले नक्कली पुर्जा बनाएर गत असारमा बैंकबाट ऋण स्वीकृत गराएका थिए । तर, सो कुरा साथीमार्फत योगेश्वरले भदौमा मात्र थाहा पाएका थिए । त्यसपछि उनले ब्युरोमा उजुर गरेका थिए । ब्युरोले आरोपीहरू माथि सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको जानकारी दिए ।

Leave a Reply