नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा छैन : प्रधानमन्त्री देउवा

431

काठमाडौं, २४ कात्तिक | प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताएका छन् ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समावेशिता भएको, ३३ प्रतिशत महिला सुनिश्चित गरेको यस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताए ।

संविधानलाई समयानुसार परिमार्जन गर्दै सुदृढ रुपमा लैजाउनुपर्ने उनको भनाइ थियो । ‘अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ । केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ,’ उनले भने ।

यसलाई कार्यान्वयन गरेर सफलद पार्नुपर्नेमा उनले जोड दिए । संविधान निर्माणपछि देशमा शान्ति र स्थायित्व आएको उनको भनाइ थियो । ‘हाम्रो मुलुकमा अशान्तिबाट शान्ति छाएको छ । पहिला छिन छिनमा सरकार चेञ्ज हुन्थ्यो । आज एउटा प्रधानमन्त्री बन्यो, भोलि अर्कै हुन्थ्यो । आज स्थायित्व आएको छ,’ उनले भने ।

देउवाले प्राकृतिक स्रोत, जलस्रोतले भरिपूर्ण नेपाल देश भाग्यमानी रहेको र हामीहहरु नेपालमा जन्मेर भाग्यमानी छौं भने । उनले देशलाई जलवायु परिवर्तनबाट बचाउनुपर्ने, नांगो हुने खतरामा रहेको हिमाल जोगाउनुपर्ने पनि बताए ।

Previous articleगणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि: प्रधानमन्त्री देउवा
Next articleए डिभिजन विशेष : मनाङलाई युवा खेलाडीको भर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here