शैलुङ गाउँपालिकामा वृद्धभत्ता र एकल महिला भत्ता अझै पाएन |

681

शैलुङ | दोलखा शैलुङ गाउँपालिकाका वृद्ध तथा एकल महिला हरुले अझै भत्ता पाएका छैनन् |दशैँ भन्दा अगाडी पाउनु पर्ने वृद्धभत्ता तथा एकल महिला भत्ता तिहार बितिसक्दा समेत पाएका छैनन् | दशैमा भत्ता पाउने आशामा बसेका वृद्ध तथा एकल महिला हरु अझै भत्ता कहिले पाउने भन्ने कुरामा अन्योल मा छन् |

शैलुङ गाउँपालिका वडा नम्बर ५ का वडा अदक्ष्य गोबिन्द खड्का का अनुसार मेघा बैंक ले नयाँ बैंक खाता हरुको समय मै अपडेट नगरी दिएकाले यस्तो समस्या भएको बताए | हामीले मेगा बैंक को बग्खोर शाखामा सम्पर्क गर्दा गाउँपालिकाका कर्मचारीहरुले गाउँ गाउँ बाट सङ्कलन गरेर ल्याएको बिवरण हरु सहि नभएकोले त्यसलाई भेरिफाई गरी अपडेट गर्न समय लागेको जानकारी दिए | अहिले सम्मा वडा नम्बर २ , ३ र ५ को बिवरण अपडेट कार्य पुरा भैसकेको र बाँकी बिवरण अपडेट गर्न अझै १५ / २० दिन लाग्ने बैंकका साखा प्रमुख मनिष श्रेष्ठले बताउनु भयो |

बैंकका साखा प्रमुख मनिष श्रेष्ठ का अनुसार मंसिर महिना भित्र सबैले भत्ता पाउने जानकारी दिनुभयो |

Leave a Reply