नक्कली भ्याट बिलमा १७ व्यापारिक फर्म तानिए

538

राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १७ वटा व्यापारिक फर्मविरूद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ।

ती व्यापारिक फर्मसँग दुई अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बिगो असुल, जरिवाना र हदैसम्मको कैद सजाय माग गरेर मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले सेतोपाटीलाई बताए।

उनका अनुसार ती व्यापारिक फर्मसँग आवद्ध सञ्चालक, प्रोप्राइटरलगायत ६४ जनालाई मुद्दामा प्रतिवादी बनाइएको छ।

मुद्दा दायर भएका फर्ममा सांग्रिला ट्रेड एन्ड सप्लायर्स, महालक्ष्मी ट्रेड कन्सर्न, चन्दन सप्लायर्स, हनुमान सप्लायर्स, डिलाइट इन्टरप्राइजेज, जिएम इम्पोर्ट एन्ड एक्सपोर्ट, अन्सार मञ्जिल ट्रेडर्स, पिआरु निर्माण सेवा, न्यू दीप इन्टरनेसनल, डिएन इन्टरनेसनल छन्।

यसैगरी, अन्य व्यापारिक फर्ममा हिमालयन नेपाल सप्लायर्स, श्री आरपी ट्रेडर्स, इन्फ्राटेक प्रालि, साकिर अलि, नितिश इम्पेक्स, मोर्गन ट्रेड लिंक र राइज अटो ट्रेड प्रालि रहेका छन्।

वस्तु तथा सेवा खरिद नगरी नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरेर उनीहरूले राजश्व, कर तथा आयकरसमेत छलेको पाइएको महानिर्देशक पौडेलले बताए।

Leave a Reply