अखिल नेपाल महिला संघको  भाग्यशाली चिठ्ठा प्रथम पुरस्कार प्रकाश श्रेष्ठलाई ,

145

दशै तिहारको अवसरमा अखिल नेपाल महिला संघधनकुटाको आयोजनामा कोरोना पिडितमहिलाहरूको सहयोगगार्थ सञ्चालन गरिएको भाग्यशालि चिठ्ठा उपहार कार्यक्रमको भाग्यशाली चिठ्ठा छथरजोरपाटि गाउपालिका वडा नं ६ का प्रकाश श्रेष्ठलाई परेको छ । कोरोना पिडित महिलाहरूलाई सहयोगका लागि आयोजना गरिएको भाग्यशाली चिठ्ठा कार्यक्रममा १३ वटा पुरस्कारको व्यवस्था गरिएको थियोे ।

अखिल नेपाल महिला संघले आज धनकुटाको मदन चोकमा एक कार्यक्रम आयोजना गरि भाग्यशाली चिठ्ठा उपहार खोलिएको थियोे । सहयोगगार्थ चिठ्ठा कार्यक्रम को प्रथम पुरस्कार ३३७२ नम्बर ल्यापटप छथरजोरपाटि गाउपालिका वडा नं ६ हिलटप होटलका पकाश श्रेष्ठलाई परेको छ । त्यस्तै गरि दोस्रो पुरस्कार फ्रिज सागुरिगढी गाउपालिका डाडाबजारका सुजिन्द्र कुमार याख्खाले पाएको छ ।तेस्रो पुरस्कार सागुरिगढीका मोबाईल नन्दकुमारि परियारले पाएकाछन् ।

त्यस्तै गरि सान्त्वना पुरस्कारहरू प्रेम ओझा छथरजोरपाटि ४ ,अनु तामाङ छथरजोरपाटि १ ,ओम विक्रम कट्टुवाल महालक्ष्मी ४,केदार ,उमा भट्टराई छथर , रायमाझी धनपा १ ,प्रनिस लिम्बू सागुरिगढी २ ,सोभित श्रेष्ठ धनपा ७ ,पोषण श्रेष्ठ सुन्दर हरैचा १२, रमेश राई शहिदभुमि ,बविता तिमल्सिना पानपा १० रहेकाछन् ।चिठ्ठा कार्यक्रम बाट संकलन गरिएको आर्थिक तिहार पछि कोरोना पिडित महिलाहरूलाई वितरण गरिने संघले जनाएको छ ।

Leave a Reply