बोक्सीकाे आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ

536

सिरहा, ११ कात्तिक

सिरहामा बोक्सीकाे आरोपमा दलित महिलालाई कुटपिट गरेकाे आराेपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाको कल्याणपुर नगरपालिका- १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो ।

व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सिको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट  पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितकाे उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हाे । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएकाे छ ।

Previous articleभारतद्वारा ५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल परीक्षण
Next articleआजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर यस्तो छ

Leave a Reply