प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत |

100

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन्। शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री गजेन्द्रबहादुर हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा दिएका हुन् | हमालले पदबाट राजीनामा दिएको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।

विभिन्न सन्चार मध्यम र कानुनविद्ले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गर्नुभएको स्वकीय सचिव जोशीले बताए । आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापतिसमेत भएर काम गरेकाले सोहीअनुसार मूल्याङ्कन गरी प्रधानमन्त्रीले आफूलाई मन्त्री पदमा नियुक्ति गरेको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेको भन्दै मन्त्री हमालले पदबाट राजीनामा दिएको जनाएका छन् । हमाल लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उहाँले विसं २०२७ देखि कांग्रेसका विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।

Leave a Reply