सिन्धुलीकाे मरिण गाउँपालिका ६ मा वडास्तरीय खेलकुद प्रतियोगिता सुरू

101

लक्ष्मी श्रेष्ठ, सिन्धुली | सिन्धुलीकाे मरिण गाउँपालिका ६ मा  वडास्तरीय खेलकुद प्रतियोगिता सुरू भएकाे छ । नजिकदै गरेकाे नेपालीहरूकाे महान पर्व बिजया दशमीकाे अवसरमा मरिण गाउपालिकाकाे आर्थिक सहयाेग तथा वडा स्तरीय युवा तथा खेलकुद विकास समित मरिण गाउपालिका ६ काे आयाेजनामा प्रतियोगिता सुरू भएकाे छ  ।

प्रतियोगिताकाे उद्घाटन बागमती प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) काे बागमती प्रदेशसभाका प्रमुख सचेतक बुद्धिमान माझी(बसन्त ) ले गर्नु भएकाे हाे । प्रतियोगिता फुटबल, भलिबल र ब्याडमिन्टन खेलहरू हुने आयाेजकले जनाएकाे छ ।

प्रतियोगितामा वडाका फुटबलमा ९ समूह, भलिबलमा ६ समूह र ब्याडमिन्टनमा ६ समुहले प्रतिस्पर्धा गर्ने वडा स्तरीय युवा तथा खेलकुद विकास समितका अध्यक्ष हर्कवीर माझीले जानकारी दिनुभयाे । आज उद्घाटनमा ब्याडमिन्टन तर्फका खेलहरू भएका छन् ।

वडा स्तरीय युवा तथा खेलकुद विकास समितका अध्यक्ष हर्कबिर माझीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बुद्धिमान माझी, मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझी, मरिण गाउपालिका ६ का वडाअधक्ष कुरसाङ लामा, मरिण गाउपालिका स्तरिय खेलकुद विकास समितिका अध्यक्ष विष्णु माझी लगाएतकाे उपस्थित रहेकाे थियाे ।

Leave a Reply