प्रमुख ज्यू गर्भवती लाई त अण्डा दिने भो ,, अब सुत्केरी लाई पनि एक माना घ्यु र एउटा रातो भालेको व्यवस्था गर्ने की ?

31

गाउँ पालिका प्रमुख ज्यू,
सर्बप्रथम त म हजुरकै स्थानीय युवा भएको नाताले, तपाईले गर्नु भएको गाउँ पालिकाको हरेक गृहकार्यप्रति आभार र खुसि प्रकट गर्न चाहान्छु । गाउँ पालिका प्रमुख ज्यू ,हुन त तपाई र मेरो दुरी कति समुन्द्र टाढा छन् कुन्नि थाहा छैन तर उहिले बाउ बाजेको बोलीचाली भाषामा भन्नु पर्दा सात समुन्द्र पारि बाट आज आफ्नो मन को जिज्ञासाहरु  तपाई माझ पुर्याउने कोशिस यो सोसल मिडिया को सरल र सफल मध्यम बाट जमर्को गर्दै छु , यदि गाउँ बिकासको कार्यक्रमबाट फुर्सद मिलेमा अबस्य एक चोटी पढ्नु हुनेछ भन्ने आशा लिएको छु |

प्रमुख ज्यू, तपाई कै फेसबुक वाल बाट देखे तपाइले थाल्नु भएको समाज परवर्तन को सुरुवात खुसी लग्यो | कान्तिपुर जस्ता ठुला मेडियामा छापेको रहेछ | तपाई ले नयाँ सुरुवात गर्नु भएको रहेछ यसमा मलाई भन्नु केही छैन | तपाई प्रमुख भन्दा पहिला हामीलाई शिक्षा दिने गुरु भएकाले होला सायद मैले तपाई बाट यो भन्दा अलि बेग्लै अपेक्षा गरेको थिए, किनकि  गुरुले आफ्नो शिष्यहरुलाई  सधै दुरदर्शी र सफल बौद्दिक को ज्ञान दिने गर्नु हुन्छ | तपाइको यो अण्डा बाड्ने प्रोजेक्ट देख्दा मलाई यस्तो लग्यो तपाइले पनि गलत शिक्षा हामीलाई दिनु भएको थियो जस्तो  | एक छिन् मनन गरेर सोचे अनि यहि प्रश्नहरु मनमा तेर्सिए –

  • के तपाइले बाड्नु भएको अण्डा को लागि भनेर चर्नामति खोला देखिको गर्भवती स्वस्थ केन्द्र सम्मा आउलान् ?
  • के शैलुंग गाउँ पालिकाको जनताहरु अण्डा सम्मा उत्पादन गर्न अयोग्या र गरिब छन् ?
  • नेपाल एक कृषि प्रधान देश हो यहाँ सबैको घरमा कुखुरा पालेकै हुन्छ के उनि हरुलाई अण्डा बाड्नु जरुरी छ ?
  • के तपाईको स्थानीय सरकारले गाउँ गाउँमा गर्भवती महिला हरुलाई चेकजाच गर्नु पर्छ भनेर केहि जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नु भएको छ ?
  • यदि तपाइले रिसार्ज गरेर यो कार्यक्रम ल्याउनु भएको भए कति जनसंख्या चाहिँ दिन को एउटा अण्डा खुवाउन नसक्ने अवस्थामा छन ? तथ्यांक छ तपाई संग ?
  • संस्कृति तथा पर्यटन मन्त्रि हुदा समेत दोलखालाई फिल्म नगरी गर्ने अवाज तय नगर्ने अनि माथिल्लो तामाकोशी आयोजान प्रति चु नबोल्ने हगीसके पछी दिसा कति सारो भन्ने पुर्ब मन्त्रि आनान्दा ज्यु ले जस्तै चुनाबको बेला मुडे मेलुंग सडक बनाई दिन्छु भनेर भोट लुटे जस्तो हो ?
  • तपाई हरुले वृद्द भत्ता ५ हजार दिन्छु भनेर भोट लुटे जस्तै फेरी सस्तो चर्चा पाउनको लागि यो कार्यक्रम ल्याउनु भएको त हैन ?
  • प्रमुख ज्यू सस्तो चर्चाको क्षणीक कस्तो हुन्छ त्यो त तपाइले मैले भन्दा धेरै बुझ्नु भएको छ,, जसरी अहिले वृद्द भत्ता ले सरकार को टाउको दुखेको छ त्यसरी नै तपाइको कार्यक्रमले पछी सम्मा  पुरै शैलुंग गाउँ पालिकाको टाउको दुख्ने त हैन ?
  • तपाइले अहिले १० लाख छुटाएर यो प्रोजेक्ट सुरु गर्नु भएको रहेछ, के भविस्य सम्मा यो १० लाख ले पुग्ला ?
  • जनसंख्या बृद्दी संगै गर्भवती पनि बढ्दै जाला, अनि गाउँपालिका को लागि आउने सबै रकम गर्भवती लाई अण्डा खुवाउदै बस्ने ?
  • अर्को चित्त नबुजेको राम बहादुर घिसिङ जुन जनयुद्द को बेला जनकार्बाहीमा परेको थियो, उसको लागि एउटा ओडाको आधा बजेट छुट्याउनु भएको रहेछ,यसको समिक्षा गर्नुस जनयुद्द प्रति? जनताको लागि लड्ने र अहिले यो सथानीय सरकार ल्याउन लड्ने कि जनताको सिपाहीहरुलाई मार्न शाही सरकारको पक्षमा उभिने लाई रकम छुट्याउने हो ?
  • मेरो जिज्ञास सबै जनयुद्दको बेला गुमाएको प्रति त्यति नै बजेट छुट्याउने हो भने उल्लेखनीय भूमिका रहेको एउटा बोदले काण्ड प्रति तपाइको नजर किन झुक्नु भएन जसको बलिदानले आज तपाई यो ठाउमा हुनुहुन्छ र अर्को कुरा यदि हजुरले हिजोको परिबर्तनलाई कदर गर्नु हुन्छ भने निर्माला घिसिङलाई पनि बजेट छुट्याउन र सालिक बनाउन सक्नु हुन्छ ?

प्रमुख ज्यू, गर्भवती महिलाहरु लाई सरकारले अण्डा नदिएर स्वास्थ केन्द्र सम्मा जचाउन नआएका हैनन् | भौतिक पूर्वाधार राम्रो नभएर आउना नसकेका हुन् | केहि उदाहरण लिउ तपाई कै टोल भन्दा तल थाली भन्ने ठाउँ बाट सवास्थ केन्द्र आइपुग्न कति समय लाग्छ ?

एउटा गर्भवती महिला कसरी हिडेर आउना सक्छ ?

यदि त्यहाँ बाट स्वस्थ केन्द्र सम्मा राम्रो बाटो भए सजिलै कुनै यातायात का साधन प्रयोग गरेर आउना सक्थ्यो,, सडक राम्रो भए अहिले सायद कोहि यस्तो मान्छे छैन जस्ले एउटा यातायातको साधन किन्न नसकोस |

यदि साचिकै तपाइलाई गर्भवती महिला को चिन्ता हो भने एउटा एम्बुलेन्स को व्यवस्था गर्नुस जस्ले  गर्भवती महिला लाई जचाउन घरबाट स्वास्थ केन्द्र र  स्वास्थ केन्द्र बाट घर सम्मा पुर्याउने व्यवस्था गर्न सकियोस, एम्बुलेन्स त   इमर्जेन्सीमा नि  काम लाग्न सक्छ |

तपाइले पनि तराई को एउटा नगरपालिकाले छोरी जन्मउने लाई २५ हजार  दिने व्यवस्था गरेको सुनेर त्यस्तै अण्डा को ब्यबस्था त गर्नु भएको हैन ? तराई को हिसाबले हेर्दा त्यो काम सहि लाग्न सक्छ किनकि त्यहाँ दाहिजो प्राथले गर्दा छोरी लाई गर्भमै मार्ने गर्छ | सायद यो प्रोजेक्ट ले त्यहाँ सहि रिजल्ट दिन सक्छ तर हाम्रो पालिकाको हकमा भने यो पछी गएर “बादर को पुच्छर लौरो न हतियार” भने जस्तै साबित नहोला भन्न सकिन्न  |

प्रमुख ज्यू, यहाँ अण्डा खाना नपाएर गर्भवती  को ज्यान गएको छैन यहाँ त सजिलै समयमै हस्पिटल वा स्वस्थ केन्द्र सम्मा पुर्याउन नसकेर ज्यान गएको छ, अझै पनि हाम्रो गाउ पालिकामा डोकोमै हालेर स्वस्थ केन्द्र सम्मा पुर्याउनु पर्ने आवस्था छ , त्यसैले फजुल  खर्च भन्दा गाउको  लागि आएको रकम सहि ठाउमा प्रयोग होस् भन्ने चाहना हो | सस्तो चर्चा भन्दा पनि भबिस्यमा भावी सन्ततिले समेत गाउ पालिका अध्यक्षको कार्यक्षमता देखेर सधै सम्जिरहुन ।

अन्तमा, प्रमुख  ज्यू गर्भवती लाई त अण्डाको व्यवस्था गर्नु भो अब सुत्केरी लाई पनि एक माना घ्यु  र एउटा  रातो भालेको व्यवस्था गर्ने की ? कुनै कुरा गल्ती भए क्षेमा चाहन्छु भन्दै बिदा हुन्छु |

नोट : यो लेख August 13, 2018 मा प्रकाशित भइसकेको लेख हो | जुन बेला म बैदेशिक रोजगरीको शिलशिलमा UAE थिए |

 

Leave a Reply