इटालीको भवनमा विमान खस्दा बिते दुई देशका धनाढ्य परिवार

294

एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो

मिलानका अधिकारीहरूले दुर्घटना हुनुअघि पाइलटले खतराको कुनै सूचना नदिएको बताएका छन्।

इटालीका सञ्चारमाध्यमहरूले जहाज दुर्घटनामा परी रोमानिया र इटालीका दुई धनाढ्य परिवारको मृत्यु भएको उल्लेख गरेका छन्।

रोमानियाका सबैभन्दा धनीमध्येका एक ६८ वर्षीय डान पेट्रेस्क्यु, उनकी श्रीमती र छोराको मृत्यु भएको छ। साथै इटालीका व्यापारी  फिलिपो नासिम्बेने, उनकी श्रीमती र उनीहरूको सानो बच्चाको पनि मृत्यु भएको समाचारमा जनाइएको छ।

अधिकारीहरूका अनुसार उक्त जहाज ३० सेप्टेम्बरमा रोमानियाको बुचारेस्टबाट मिलान आएको थियो। त्यतिबेला जहाजमा कुनै समस्या देखिएको थिएन।

Leave a Reply