प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

493

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाइएका छन् । संसदको गतिरोध हटाउने तथा सहमतिको वातावरण बनाउने प्रयासस्वरुप देउवाले सर्वदलीय बैठक बोलाइएको हुन् ।

एमालेले माधव कुमार नेपालतिर लागेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ । तर सभामुखले भने यो विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै आफूले केही गर्न नसक्ने जनाउँदै आएका छन् । त्यसपछि आक्रोशित बनेको एमालेले संसद्मा नाराबाजी गर्दै अवरोध गर्दै आएको छ । अवरोधकै बीच पनि संसद्बाट अध्यादेश तथा विधेयकहरू पारित भइरहेका छन् ।

यसअघि सभामुख अग्नि सापकोटाले पनि सदनको गतिरोध अन्त्य गर्न पहल गरेका थिए । त्यसका लागि उनले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । भोलिको बैठकमा पनि संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ भने एमालेको सहभागिता हुने नहुने निश्चित भइसकेको छैन । मंगलबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा प्रधानमन्त्रीले अध्यादेश ल्याउने र खारेज गर्ने दुवै प्रक्रियाको विरोध गरेका थिए ।

Previous articleसडक तथा खानेपानी विभागका कारण तार अन्डरग्राउन्ड गर्न ढिला:कुलमान घिसिङ
Next articleहवाईजहाजको अवस्थाबारे अध्ययन गर्न सरकारले समिति गठन गर्यो

Leave a Reply