त्रिशुली नदीमा कार खस्यो ३ जना बेपत्ता

397

काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ । कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले  बताए ।

गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो ।

कार चालक पोखरा मानगरपालिका–१७ घर भएका ५५ वर्षीय प्रेम बहादुर भुजेल, पोखराका लेख बहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको एसपी अधिकारीले बताए ।

Leave a Reply