नेपाल तामाङ मौलिक ह्ववाईला न्हान संस्थाको उद्घाटन

788

तामाङ जातीको परापुर्वकाल देखि चल्दै आएको तामाङ फापरे गीत (तामाङ जुहारी) को संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले “नेपाल तामाङ मौलिक ह्ववाईला न्हान” संस्थाको स्थापना गरिएको संस्थापाक सदस्य हरुले बताउनु भयो |

कार्यक्रममा प्रमुख अथितिका रुपमा बागमती प्रदेश का उप सभामुख राधिका तामाङ रहेको थियो भने विशेष अतिथिको रुपमा भाषा बिद अम्रित योन्जन,बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ रहेको थियो |

साथै अथिति हरुमा नेपाल कलाकार संघका अध्यक्ष सन्जिव वाईबा,चन्द्र कुमार मोक्तान (पहिलो तामाङ भाषाको गायक),तामाङ डाजाङका अध्यक्ष गायक फुल कुमार बम्जन, गायक रोज मोक्तान, शसिकला मोक्तान ,उत्तर लामा, सास्कृतिक घेदुङका अध्यक्ष गायक छेवाङ तेन्जिङ योन्जन, ताम्बा संघका अध्यक्ष पासाङ मोक्तान , बौद्ध महासंघका अध्यक्ष टेकराज मोक्तान ,नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ र महासचिब बाबू घिसिङ, सिन्धुपाल्चोक खान्दोके सेलो का बैरागी अभिषेक वाईबा , गायक शेरप रुम्बा लगायतको उपस्तिथिमा कार्यक्रममा सुनिता कुमारी तामाङको सभापतिमा सोही संस्थाका सचिब ज्ञानु तामाङले कर्याक्रम सन्चलान गरिएको थियो ।कार्यक्रममा डम्फु गीत सङसेर्गेम सन्जिब योन्जन र साथीहरुले गाउनु भएको थियो भने मौलिक गीत “चरीला कमाइ -दोङला नाई ” मिम लामा लगायत साथीहरुले गाउनु भएको थियो |

कार्यक्रममा अथितिहरुले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु का साथै यस संस्थाले तामाङ गाउँ गाउँ मा रहेका तामाङ मौलिक सस्कृति र तामाङ मौलिक गीत हरुको संरक्षण र प्रबर्द्धन गर्ने बिस्वाश ब्यक्त गर्नु भयो |

Previous articleनेपालले हरायो ओमानलाई
Next articleआज देखि नयाँ नोट सजिलै पाउने

Leave a Reply