कानुन मन्त्रीले भने: एमसीसी जसरी पनि पास गराउनुपर्छ

207

आज शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका मन्त्री कार्कीले एमसीसी देशकाे विकास र समृद्धिका लागि आवश्यक रहेको बताउनुभएको हो । उहाँले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसदबाट पास गराउनुपर्ने बताउनुभयो ।

उहाँले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । एमसीसी संसदबाट पास गराउनका लागि सबैबीच सहमतिको खाँचो रहेको मन्त्री कार्कीले बताउनुभयाे ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद् बैठकले बजेटको विषय अघि बढाउने बताउनुभयो । संसदभित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उहाँले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply