आई. सि. टी. ल्याब उद्घाटन सहित विद्यालय भवन र फुटसल सिलन्यास |

735

छ्थर जोरपाटी गाउपालिका वडा नम्बर ६, सिधुवा बजारमा संघीय सम्सद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा एकै समारोहमा बिध्यालय भवन र फुटसलको सिलन्यास सगै आइ.सि.टि ल्याबको उद्घाटन सम्पन्न भएको छ ।

नेपाल सरकारको नमुना विध्यालय विकास कार्यक्रम अन्तर्गत सरस्वती मा.वि सिधुवाको नवनिर्मित भवनको सिलन्यास भएको हो । तीनवटा अत्याधुनिक भवनमा शौचालय, चमेनागृह र ५०० जना क्षमताको सभाहल गरी १८ वटा कक्षाकोठा रहने गरि भौतिक विकास तर्फ करिब १५ करोडको डि.पि.आर मा नयाँ संरचना विकास गर्दै सरस्वती मा.वि लाई नमुना मा वि को रुपमा विकास गरिने उक्त विध्यालयका प्रधानाध्यापक केदार अधिकारीले बताए । यसै शैक्षिक सत्रमा बिध्यलयले बस सन्चालन को लागि खरिद कार्य सम्पन्न गरि नियमित विध्यालय सन्चालनसगै बस पनि सन्चालन गर्ने योजना अगाढि बढ्ने अधिकारीले बताए ।

संघीय सरकारबाट अत्याधुनिक आई.सिटी ल्याब सन्चालनको लागि प्राप्त अनुदान बाट ४० थान कम्युटर, प्रोजेक्टर, सी.सी टि.भी, इन्भर्टर आदि जडान गरि सरस्वती मा.वि मा नवनिर्मित आई.सि.टी ल्याबको समेत उद्घाटन संघीय सम्सद राजेन्द्र कुमार राईबाट सम्पन्न भएको छ ।
छ्थर जोरपाटी गा पा को खेलग्रामको रुपमा विकास गर्ने उदेश्यले ६६ लाखको टेन्डरमा निर्माण हुने फुटसल को समेत सिलन्यास सोही कार्यक्रमका बीच सम्पन्न गरियो ।

भवन तथा फुटसल सिलन्यास र आई.सि.टी कार्यक्रम लाई सम्बोधन गर्दै प्रदेश सभासद इन्द्रमणी पराजुलीले तीनै तहको सरकारले प्राथमिकताका साथ विकास निर्माण को काम रफ्तारमा अगाडी बढाइरहदा केही गतिरोध उत्पन्न भए पनि अहिले देखिएको राजनीतिक आवरण मा खेलिएको खेल अब निर्वाचन बाट छिटै अन्त्य हुने र पुनः नेकपा एमालेको सरकारले विकास निर्माण को अगुवाई गर्ने बताए ।

प्रमुख अतिथी माननीय राजेन्द्र कुमार राईले कार्यक्रमलाई सम्बोधन गर्दै छथर जोरपाटी गाउँपालिकाको वडा नम्बर ६ मा सरस्वती मा.वि नमुना माध्यमिक विध्यालयको रुपमा विकास हुँदै गरेको परिप्रेक्षमा भौतिक निर्माण सहित गुणस्तरीय शिक्षामा जोड दिदै प्राबिधिक शिक्षाको लागि सिधुवामा कृषि क्याम्पसको अबधारणा अगाडि बढाउनु पर्ने र त्यसको लागि आम अभिभावकहरुले सकारात्मक भूमिका निर्वाह गर्दै अब व्यवसायिक शिक्षा तर्फ अग्रसर हुन आह्वान समेत गरे र त्यसका लागि आफुले सकारात्मक भुमिका सदैब निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। व्यवसायिक खेल प्रबर्द्धन को लागि छ्थर जोरपाटी गाउँ पालिकाले फुटसल निर्माणको काम अगाडि बढाएकोमा खुसी समेत व्यक्त गरे ।

सरस्वती मा वि को विध्यालय व्यस्थापन समितिको अध्यक्ष युवराज थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत अभिभावक संघकी अध्यक्ष गोमा कार्कीले गरेकी थियिन भने पूर्व बिध्यालय व्यस्थापन समितीको अध्यक्ष तथा जग्गादाता घनेन्द्रराज श्रेष्ठले विध्यालयको एतिहासिक विकासक्रमको बारेमा उल्लेख गरे । नमुना माध्यमिक विध्यालय र फुटसल सिलन्यास तथा आई.सि.टि ल्याबको उद्घाटन कार्यक्रमको सन्धर्वमा जिल्ला समन्वय समितिको सदस्य शिव आङ्ला र गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बुले महत्वपूर्ण विचार व्यक्त गरे ।

Leave a Reply