धनकुटामा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि सयाै संख्यामा क्रियाशील नेता तथा कार्यकर्ता एमाले पार्टीमा प्रवेश

535

धनकुटा | धनकुटामा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि सयाै संख्यामा क्रियाशील नेता तथा कार्यकर्ता एमाले पार्टीमा प्रवेश गरेका छन् । लाेकेन्द्र घिसिङ काे नेतृत्वमा 1 सय ५० जना युवाहरू नेकपा एमाले धनकुटाकाे बृहत् कार्यकर्ता भेला कार्यक्रम मार्फत पाख्रिबास वडा नं ९ का युवाहरु नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन् ।

त्यस्तै गरि छथरजाेरपाटी गाउपालिका बाट पनि १० जना युवाहरु एमाले पार्टीमा प्रवेश गरेका छन् । त्यस्तै गरि पाख्रिबास वडा नं १० र धनकुटा नगरपालिका वडा नं १० बाट पनि ४ – ४ जना गरि ८ जना एमाले पार्टीमा प्रवेश गरेकाछन् ।

नव प्रवेशिहरू लाई नेकपा एमाले पार्टी धनकुटाका पूर्व सभासद तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य गाेपाल गुरागाई , जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राई , प्रदेश सभा सदस्य तथा न्यायिक तथा विधायन समितिका सभापति ईन्द्रमणि पराजुली ,प्रदेश सभा सदस्य निरन राई ,पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा धनकुटा नगरपालिका मेयर चिन्तन तामाङ , पाख्रिवास नगरपालिका का मेयर तथा उपमेयर वृष बहादुर राई , देवकला पाैडेल तिम्सिना , छथरजाेरपाटि गाउपालिका उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य भिमकला श्रेष्ठ लगायत पार्टीका नेताहरूले फुलमाला तथा खदा लगाएर स्वागत गरेका थिए ।

नवप्रवेशि लाेकेन्द्र घिसिङले नेपाली काङ्ग्रेस जस्तो दलाल र कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको बताए । वृहत् कार्यकर्ता भेलालाई सम्बाेधन तथा नवप्रवेशिहरु लाई स्वागत गर्दै नेताहरू ले एमाले पार्टीले सधैं नयाँ पुस्तालाई हौसला दिने काम गर्ने र भविष्यमा एमाले प्रवेश गरेकाेमा पश्चाताप हुन नदिने बाचा गर्दै मुलुकको सबै समस्याको समाधान गर्ने काम नेकपा एमाले पार्टीले मात्र गर्न सक्ने बताए ।

Previous articleपृथकतावादीहरूसँगको झडपमा दुई युक्रेनी सैनिकको मृत्यु
Next articleधनकुटामा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि सयाै संख्यामा क्रियाशील नेता तथा कार्यकर्ता एमाले पार्टीमा प्रवेश

Leave a Reply