सरकारलाई एमसीसी स्वीकार नगर्न वाईसीएल संयोजक सुमन देवकोटाको आग्रह

480

वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘एमसीसी लगायतका कुनै पनि सहयोग, अनुदानहरु देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखि स्वीकार गर्न सकिँदैन । नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदाहरु नसच्याइ पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौती दिन्छ ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार नगर्न सरकारसँग आग्रह गरेको छ । गत भदौ १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्दै वाईसीएल नेपालले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ । त्यसैगरी युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरूका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले बताए ।

वाईसीएलले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानविन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएको छ । सुमन देवकोटा नेतृत्वको वाईसीएल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरु नसच्चिएसम्म सो सम्झौता पारित नगर्न सरकार र संघीय संसदसँग आग्रह गरेको हो ।

Leave a Reply