अविरल वर्षाले काठमाडौं डुबानमा

1015

काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको समाचार छ । बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।

गुहेश्वरी  आसपासमा आएको बाढीले  सोमबार बिहान सडक अबरुद्ध हुन पुगेको थियो । वरपरका केहि घरमा समेत पानी पसेको बताइएको छ । बिहान ८ बजेपछि भने सडकमा पानीको सतह घटेर सवारी साधन सञ्चालनमा आएका छन् ।

गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

Previous articleएमालेको तेस्रो धारका नेताहरु अलमल र अनिश्चयको घेराबन्दीमा
Next articleपञ्जशीर प्रतिरोध नेता भन्छन् तालिबान संग वार्ताको लागी तयार छ

Leave a Reply