अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ( क्रान्तिकारि) को राष्ट्रिय सम्मेलन हुँदै ।।

598

नेपाल कम्युनिस्ट पार्टी “बिपल्ब” को भातृ संगठन अनेरास्ववियु  क्रान्तिकारीले २२ औ राष्ट्रिय सम्मेलन गरिने भएको छ, त्यसको लागि भाद्र १० र ११ गते सम्मेलनको आयोजक समितिले पार्टिको महासचिव बिप्लबको प्रमुख आथित्यमा पार्टी केन्द्रिय सचिवालय सदस्य पार्टी संगठनका फ्याकसन इन्चार्ज का बिच बैठक बसि विभिन्न निर्णयहरु गरिएको थियो ।

चिरञ्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय आयोजक समितिको गठन गरिएको छ, त्यसैगरी सम्मेलनका लागि बिधान तथा प्रतिबेदन लेखन उपसमिती, जनपरिचालन, स्वयंसेवक एवं प्रचार प्रसार उपसमिति ब्यबस्थापन उपसमिति , आर्थिक उपसमिति, अतिथि ब्यबस्थापन उपसमिति र बैज्ञानिक समाजबादी शिक्षा अध्ययन उपसमितिहरुको गठन गरिएको छ । यो सम्मेलन बर्तमान दलाल पूंजीवादी शिक्षा प्रणालीको विकल्पमा राजनितीज्ञ, बिद्यार्थी, अभिभावक,शिक्षाविद, सम्बन्धित विषयका बिज्ञहरु र शिक्षक सरोकारवाला हरु सित  छलफल अन्तरक्रिया हुन गइरहेको हो ।

बैज्ञानिक समाजबादी शिक्षाको अपरिहार्यतालाई सम्बोधन गरि यो शिक्षा प्राप्तिको लागि संघर्ष संचालन गर्ने राष्ट्रिय सम्मेल्नको सन्दर्भमा शैक्षिक आन्दोलन,राष्ट्रियता र जनजिबिका संग सम्बन्धित विभिन्न विषयहरुमा संघर्ष केन्द्रित निर्णय समेत प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेस बिज्ञप्ति

Leave a Reply