सिंहदेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन एक कार्यक्रम गर्दै उद्घाटन |

713

धनकुटाको महालक्ष्मी नगरपालिका–१ चित्रे स्थित सिंहदेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले भवन निर्माणले पठन–पाठनमा सहजता मिल्ने बताए । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले पठन–पाठनमा थप सहजता प्रदान गर्न नगरपालिकाले भवन निर्माणमा सहयोग गरेका बताए । उनले शैक्षिक क्षेत्रको विकास लाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए ।

कार्यक्रममा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारी, शिक्षा समन्वय इकाइका प्रमुख मोहन राई लगायतले शैक्षिक क्षेत्रको विकासले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।

महालक्ष्मी नगर प्रमुख नेपालले २०७६ जेठ १९ गते सो विद्यालय भवनको शिलन्यास गरेका थिए । महालक्ष्मी नगरको १६ लाख आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । सो विद्यालयमा ७४ जना विद्यार्थी अध्ययनरत छन् |

Previous articleधनकुटामा स्वास्थ्य मन्त्रालयबाट प्राप्त कोभिड स्वास्थ्य सामाग्री करिव १ महिना देखि नेपाली कांग्रेसले होटलमा लुकाएर राखे
Next articleनेकपा माओवादी पार्टी परित्याग गरी २२ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश

Leave a Reply