सरकार र शक्तिको दुरुपयोग , सरकारी स्वास्थ्य सामाग्री कांङग्रेस नेताद्वारा हस्तान्तरण |

559

धनकुटा बाट जननिर्वाचित प्रतिनीधि तथा सरकारका प्रतिनीधिहरुलाई पाखा लगाउँदै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सरकार निकट दलका ब्यक्तिबाट कोभिडका स्वास्थ्य सामाग्रीहरु धनकुटालाई पठाएको छ ।

धनकुटाका ४ स्थानिय तह,जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालय धनकुटालाई कोरोनाका सामाग्रीहरु नेपाली कांग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापा मार्फत् धनकुटा ल्याएर बुझाईएको छ ।

साउन २८ र भदौ १० गते मन्त्रालय बाट बुझेर ल्याईएका भरपाई र सामाग्रीहरु थापाले स्थानिय सुरक्षा निकायहरुका प्रमुख र पत्रकारहरुको उपस्थितिमा बुझाउनु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका लागि बेड र स्वास्थ्य सामाग्रीहरु अस्पतालका प्रमुख पुजन बिश्वकर्मालाई थापाले हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै पाख्रिबास नगरपालिका,चौबिसे गाउँपालिका,सहिदभूमी गाउँपालिका र महालक्ष्मी नगरपालिका लाई प्राप्त सामाग्रीहरु जनस्वास्थ्य कार्यालयका स्टोर प्रमुख नारायण खनालले जिम्मा लिनुभएको थियो ।

Leave a Reply