नेपाल रेडक्रस साेसाइटी धनकुटा द्वारा ” तपाईंको माक्स खै ” अभियान

77

नेपाल रेडक्रस साेसाइटी धनकुटाले ” तपाईंको माक्स खै ” अभियान अन्तरगत बुधबार सिदुवा बजारमा माक्स वितरण गरेको छ । विश्वभर फैलिरहेकाे काेराेना भाईरस काेभिड 19 बाट बच्न तथा संक्रमण न्यूनीकरणका लागि छथरजाेरपाटी गाउँपालिकाकाे उपाध्यक्ष भिम कला श्रेष्ठको प्रमुख अातिथ्यमा सिदुवा बजारमा रेडक्रस धनकुटाकाे “तपाईंको माक्स खै” अभियान अन्तरगत सिदुवा बजारका स्थानीय तथा बजार भर्न आउने स्थानीयलाई माक्स तथा सचेतना मुलक पर्चा वितरण गरिएको छ ।

माक्स तथा सचेतना मुलक पर्चा वितरण कार्यक्रममा छथरजाेरपाटी गाउँपालपका वडा नं ६ वडा अध्यक्ष दिल ब हादुर थापा ,सिदुवा बजार व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठ ,रेडक्रस धनकुटाका सदस्य धिरेन थिङ , मन्त्री छत्रकुमार श्रेष्ठ ,काेभिड फाेकल पर्सन नगेन्द्र भण्डारी ,सिदुवा प्रहरी चाैकिका ईन्चार्ज सहित प्रहरीहरु र रेडक्रस धनकुटाका कर्मचारीहरू विष्णु कृष्ण जाेसि लगायतको सहभागिता रहेको थियोे ।

साे अभियान अन्तरगत जिल्लाकाे विभिन्न स्थानमा रहेको बजार तथा भिडभाड हुने ठाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्दै १ हजार थान माक्स तथा पर्चा वितरण गरिएको रेडक्रस धनकुटाले जनाएको छ ।


Leave a Reply