पोखरामा महेन्द्र पुल नजिकैको सडक भासियो

345

७ भदौ, पोखरा । कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ । पोखराको नदीपुर, चिप्लेढुङ्गादेखि बगेको पानी महेन्द्रपुल हुँदै सेती नदीमा जान्छ। शनिबार साँझपख पानी दर्केको बेला महेन्द्रपुल बजारको सडक भासिएको छ।

‘एउटा गाडी पार्किङ गरिराखेको थियो। त्यहाँ अगाडि सडकको भाग शुरुमा भासिएको हो, पछि बढ्दै गएर गाडी भएको ठाउँ वरिपरि पनि भासियो,’ उनले भने, ‘तत्काल गाडी निकालियो, नत्र गाडी नै भासिन्थ्यो।’ आइतबार राति भ्वाङ नै परेपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भ्वाङबाट छिर्दा जोखिम बढेको छ ।

पोखरामा बेला मौकामा यस्ता भ्वाङ देखिने गरेका छन् । प्रहरी, महानगरको टोली र विद्युत प्राधिकरण पोखरा मिलेर खाडल पुरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

Leave a Reply