धनकुटामा नेपाल प्रहरी द्वारा “तपाईको माक्स खोई?”अभियान

356

धनकुटा |जिल्ला प्रहरी कार्यलय धनकुटाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ भाईरसको तेस्रो लहर आउन सक्ने कुरालाई मध्य नजर राख्दै “तपाईको माक्स खोई ?” अभियान सञ्चालन गरेको छ ।

“तपाईको माक्स खोई?”अभियान अन्तरगत जिल्ला प्रहरी कार्यलयले जिल्ला सदरमुकाम स्थित बजार क्षेत्रहरुमा प्रचार प्रसार माइकिङ सहित माक्स नलगाई हिडडुल गर्ने सर्वसाधारणहरुलाई १५ सय थान माक्स वितरण गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

त्यस्तै गरी जिल्लाकार्यलय मातहातका इकाई हरुले पनि अभियान सञ्चान गर्दै आ–आफ्नो क्षेत्रमा माक्स नलगाई हिडडुल गर्ने मानिसहरुलाई ३ हजार थान माक्स उपलब्ध गराईएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जानकारी दिएको छ ।

Leave a Reply