अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले छाडे देश

181

टाेलाे न्युजका अनुसार अशरफ घानी र उहाँका सहयाेगीले पनि अफगानिस्तान छाडेका छन् । यसअघि कार्यवाहक रक्षा मन्त्री बिस्मिल्लाह माेहम्मदीले राष्ट्रपति घानीले देशकाे सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएकाे बताउनुभएकाे खबरमा उल्लेख छ ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाड्नुभएकाे सिन्ह्वाले जनाएकाे छ । अफगानिस्तानका स्थानीय न्युज एजेन्सीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले अफगानिस्तान छाड्नुभएकाे सिन्हाले जनाएकाे हाे ।

घानी अफगानिस्तानबाट ताजकिस्तान पुग्नुभएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । तालिबान विद्राेही समूह राजधानी काबुलकाे बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेकाे बीबीसीमा उल्लेख छ ।

त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको पनि खबरहरू सार्वजनिक भएका थिए ।

केही हप्तादेखि अफगानिस्तानका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले राजधानी काबुलमा शरण लिइराखेका छन् ।


Leave a Reply