गृह जिल्लामा रासस महाप्रबन्धक सिद्धराजलाई सम्मान |

399

धनकुटा,|राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई उहाँको गृह जिल्लामा सम्मान गरिएको छ ।

राईलाई एक सम्मान समारोहका बीच नेकपा एमाले धनकुटा जिल्ला कमिटी र प्रेस चौतारी धनकुटा शाखाले संयुक्त रुपमा सम्मान गरेको हो ।

राईलाई एक समारोहका बीच एमाले अध्यक्ष तथा संघिय सांसद राजेन्द्र कुमार राई र चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालले सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सो अवसरमा नेकपा एमाले धनकुटाका जिल्ला कमिटी सदस्य,पदाधिकारी,प्रदेश माननियहरु,७ पालिकाका प्रमुख,उप–प्रमुख तथा प्रेस चौतारी निकट पत्रकारहरुले राईलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

लामो समय देखि पत्रकारिता पेशामा कार्यरत चौतारी धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य राईले गएको असार १० गते पदभार ग्रहण गर्नुभएको थियो ।

Leave a Reply