देशभरिनै बढ्न थाले भाइरल ज्वरोको बिरामी

439

केहि दिन यता देशको हरेक ठाउँमा ज्वरोको  कारणले धेरै मानिसहरु बिरामी पर्न थालेका छन।उपचारका लागि अस्पताल जानेमध्ये जाने २० देखि ३० प्रतिशतमा भाइरल ज्वरोको लक्ष्यण देखिएकोले सावधानी अपनाउन सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले  सुझाव दिनुभएको हो ।

यो वर्ष देशका विभिन्न अस्पतालहरुका साथै काठमाण्डौका अस्पतालहरुमासमेत भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।भाइरल ज्वरो र कोरोनाको लक्ष्यण मिल्दो जुल्दो हुने भएकाले आफूलाई समस्या हुने बित्तिक्कै सकेसम्म छुट्टै बस्न र  परीक्षण गरेर आवश्यक भएमा उपचार गर्न डा. पुनको सल्लाह छ ।

निषेधाज्ञा खुकुलो भएको र मानिसहरुले  जनस्वास्थ्यको मापदण्डको पूर्ण रुपमा पालना नगरेकाले भाइरल ज्वरोका बिरामी बढेका हुन सक्ने उहाँको भनाइ छ । भाइरल ज्वरो र कोरोनाको लक्ष्यण मिल्दो जुल्दो हुने भएकाले आफूलाई समस्या हुने बित्तिक्कै सकेसम्म छुट्टै बस्न र  परीक्षण गरेर आवश्यक भएमा उपचार गर्न डा. पुनको सल्लाह छ ।

एउटै लक्ष्यण हुने भएकाले कतिपयले कोरोना भइसक्दा पनि भाइरल ज्वरो मात्रै होला भनेर परीक्षण नगर्दा त्यसले जटिलता ल्याउन सक्ने उहाँको भनाइ छ । श्वास फेर्न गाह्रो भएमा, अक्सिजन कम भएमा, उच्च ज्वरो आएमा र लगातार वान्ता भइरहेको छ भने तुरुन्तै अस्पताल जानुपर्छ ।

सामान्य मात्र ज्वरो आएमा, सामान्य घाँटी दुखेमा भने घरमै आराम गर्न सकिन्छ । कोरोनाबाट र अरु खालका सङ्क्रामक रोगबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गर्न उहाँले आग्रह गर्नुभएको छ ।


Leave a Reply