दोलखाको शैलुङमा नेपाली काङ्ग्रेस पार्टिको भातृ संगठन “नेपाली काङ्ग्रेस युथको” संगठन निर्माण तीब्र रुपमा ।।

1376

काठमाडौँ | नेपाली काङ्ग्रेस शैलुङ गाउँ पालिकाको सभापति दावा दोर्जे लामाको प्रमुख अथितिमा काठमाडौको चाहबिल स्थित शैलुङ नेपाली काङ्ग्रेस युथको संगठन निर्माण गरिएको छ।

शैलुङ बाट काठमाडौं आई विभिन्न पेशागत, व्यावसायिक तथा शैक्षिक अध्यनको लागि छरिएर बसिरहेको सम्पुर्ण युवाहरुलाई एकीकृत गरि भाबी शैलुङ बिकास निर्माणका अधारहरुमा टेवा पुग्ने हिसाबले साथै शैलुङ बिकासको नाममा विभिन्न कोण र उपनाम बाट बिनास हुँदै आएको खण्ड्मा स्थानिय सरकार प्रती खबरदारी गर्ने उदेश्यले पनि यो संगठन निर्माण गरिएको बताइएको छ ।

नेपाली काङ्ग्रेस शैलुङ युथले बिपात र बिपत्तिको बेला शैलुङ बासी लगायत अन्यलाई सेवा सहयोग गरिने, शैक्षिक अध्यनको लागि केही सहायता गरिने तथा एस इ इ को परिक्षामा उत्कृष्ट स्थानमा उतिर्ण गर्ने बिद्यार्थीलाई सम्मान गरिने शैलुङ युथका अध्यक्ष सुशान्त तामाङले हाम्रो साझा अनलाईन लाई बताएको छ ।

शुशान्त तामाङ सभापति, गणेश अधिकारी उपसभापति, निमा तामाङ उपसभापति, रुपलाल मोक्तान सचीव, सुबास घिसिङ सह सचीव, अस्मिता घिसिङ कोषअध्यक्ष, केशार तामाङ, डि.के. मोक्तान, कुन्साङ लामा, अर्जुन गदात, सन्जिब घिसिङ , छिरिङ मोक्तान लगायत अन्य सदस्यहरु बिच नेपाली काङ्ग्रेस शैलुङ युथको संगठन निर्माण गरिएको हो ।

Leave a Reply