अर्थ मन्त्री जनार्दन शर्मा माथि नवराज हत्या काण्ड को संरक्षक भएको आरोप

257

अर्थ मन्त्री जनार्दन शर्मा माथि नवराज हत्या काण्ड को संरक्षक भएको आरोप भएको आरोप लागेको छ | नवराज विकको हत्याका आरोपीलाई संरक्षण गरेको भन्दै जातीय विभेद विरुद्ध राष्ट्रिय अलायन्स ले अर्थमन्त्री बाट जनार्दन शर्मालाई बर्खास्त गर्नु पर्ने र अपराधीको पक्षमा बोलेका मा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवार लाई रोजगारी र गाँसबाँसको व्यवस्था सहितको ३ बुँदे माग समेत राखेको छ ।

रुकुम हत्या काण्ड ले परिचित  नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या भएको बेला   मन्त्री शर्माले दोषी लाई कारबाही गर्नुको सट्टा जोगाएको अलायन्सको आरोप छ । पत्रकार सम्मेलनमा बोल्दै अलायन्सका संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए ।

अन्तरजातीय विवाहको आरोपमा भेरी नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको समेत आरोप उनले आरोप लगाए । कार्यक्रममा बोल्दै अलायन्सका दलमर्दन कामीले जातीय विभेद विरुद्ध लाग्नु पर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको आरोप लगाए |

Leave a Reply